केपी ओलीलाई सम्बोधन गर्दै बालेनले भने : ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नु’


काठमाण्डौं महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेर १० हजार करोडको काण्ड लुकाउन खोजेको गरेको आरोप लगाएका छन् ।

सोमबार बिहान साहले सामाजिक सञ्जाल फेसबुकमार्फत गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै पीडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् ।

मेयर शाहले झापाको गिरीबन्धु टी–स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका छन् ।

उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाण्डौं महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको भन्दै कटाक्ष गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।