प्रभु बैंकका ग्राहकलाई हिमाल हस्पिटलको सेवामा २० प्रतिशतसम्म छुट


प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौं ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फबाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र केसीको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ ।

सन् १९७८ मा बिराटनगर मा स्थापित थापा नर्सिङ्ग होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाण्डौ मा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो । जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो । हिमाल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।