आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट


आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्।

दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी विशेष छुट दिने सम्झौता भएको हो । उक्त सम्भौता पश्चात् आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन्।

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि∙ प्रमुख सुदिप राणाले यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ता महानुभावहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।