प्रभु बैंक लिमिटेड र यूएसएड ट्रेड एण्ड कम्पीटेटिभ्सबीच जेठ २१ गते सोमबार सम्झौता सम्पन्न भएको छ ।
स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने “इम्पाओरिङ्ग एग्रो एण्ड टुरिजम् इष्डष्ट्रिज फर सस्टेनेबल ग्राथ फर फ्यूचर नेपाल” नामक परियोजनाका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा यूएसएड ट्रेड एण्ड कम्पीटेटिभ्सका तर्फबाट प्रतिनिधि मार्कस् मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया