दुई भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का

0
Shares

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले दुई भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ ।

राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसेजको बैंक खाता रोक्का गरेको हो । यी संस्थाबाट भैरहेका कारोवारहरु नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यी संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको हो । यसबाट ग्राहक महानुभावहरुमा पर्न जाने असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानविन सम्पन्न गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।