आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले सुमन पोखरेलको नाममा रहेको ८० हजार कित्ता र कुमार पौडेल २ लाख ५० हजार कित्ता गरी कुल ३ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले आज जेठ २२ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाण्डौंमा आवेदन दिन सक्ने छन् ।

संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।