सुनको भाउमा अर्को नयाँ रेकर्ड, मंगलबार मात्रै तोलाको १७ सय रुपैयाँ बढ्यो


मंगलबार छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार १ लाख ४२ हजार २०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले मंगलबार पुन अर्को रेकर्ड कायम गरेको हो ।

मंगलबार सुनको भाउ १ हजार ७०० रुपैयाँ बढेको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३४८ दशमलव ६६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ६५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।