बालेनले लाखौं युवाका सपना र मुलुकलाई धोका दिए : योगेश भट्टराई


नेकपा एमालेका सचिव योगेश भट्टराईले बालेनले लाखौँ युवाका सपना र मुलुकलाई धोका दिएको बताएका छन् । संसद्को मंगलबार बसेको बैठकमा भट्टराईले मेयर शाहले संयमता गुमाएर लाखौँ युवालाई धोका दिएको बताएका हुन् ।

उनले बालेनलाई आफू काठमाण्डौं महानगरपालिकाको मेयर भएको नभुल्न आग्रह गरेका छन् । बैठकमा बोल्दै उनले भने,‘उत्तेजना फैलाएर हुँदैन। तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका हुन्। तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोका हुन्छ।’

काठमाण्डौं महानगरपालिकाले नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने बताउँदै उनले ऋगिामुनी र बुद्धले बसालेको सभ्यतामाथि धावा बोलिएको बताए ।

मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले तबलाको अर्थ करुणा, प्रेम, सद्भावले काम गर्न तबेला उपहार दिइएको बताए । तर बालेन करुणा, प्रेम, सद्भावको वालना नगरेको उनको तर्क छ ।

अहिले पनि आफूहरू काठमाण्डौंका मेयलाई सहयोग गर्न तयार रहेको बताउँदै उनले बालेनलाई मिलेर काम गर्न आग्रह गरेका छन् । उनले भने, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ। काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो। अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ। सरकारले दिन्छ। प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला। काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस्। ’

यस्तै उनले नेताहरू जेल बसेको विषयलाई मजाकका रूपमा प्रस्तुत गरेकोमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘आफैं आकासतिर थुकेपछि त्यो कहाँ झर्छ भन्ने बालेनजीलाई राम्रोसँग थाहा होला ।’

संसद्मा यति बोलेकै कारण आफूमाथि बालेनका साइबर ग्याङले लखेट्न खोज्ने भन्दै उनले साइबर ग्याङ नडराउने उल्लेख गरेको छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।