नेपाल र नेदरल्यान्ड बीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने

0
Shares

आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।

खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ जसमा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको संचालन जय प्रधानले गर्नेछन् भने खाजा र खानाका लागि विभिन्न स्टलहरू पनि उपलब्ध हुनेछ।

ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको प्रत्यक्ष प्रसारणले नेपाली खेलकुद प्रेमीको लागि एउटा अवीस्मरणीय क्षण प्रदान गर्नेछ । उनका अनुसार कम्तिमा ५ हजार नेपाली खेलकुद प्रेमीहरु टुँडिखेलमा भेला भइ नेपाली क्रिकेट टोलीलाई हौसला दिनेछन् । उनले नेपाली खेल प्रेमीहरुलाई यो कार्यक्रम गौरवका साथ मनाउन आग्रह गरेका छन् ।

निःशुल्क प्रवेश रहेको यस कार्यक्रममा ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिनेछ । नेपालको टि–२० विश्वकप २०२४ अन्तर्गतको यस पहिलो खेल आज राती ९ः१५ बजे देखि सुरु हुनेछ । नेपालले एक दशकपछि टि–२० विश्वकपमा भाग लिँदैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।