रेकर्ड मूल्यबाट ५०० रुपैयाँ घट्यो सुनको भाउ


बुधबार सुनको भाउ रेकर्ड मूल्यबाट प्रतितोला ५०० रुपैयाँ घटेको छ । मंगलबार १ हजार ७०० रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको भाउ बुधबार भने प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

बुधबार छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार  प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३३८ दशमलव ०५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ७३ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।