ह्वावे ’सिड्स फर फ्युचर’ रोड शो सम्पन्न

0
Shares

ह्वावेले नेपालका विश्वविद्यालयहरूमा आफ्नो ’सिड्स फर फ्युचर’ रोड शो सफलतापूर्वक सम्पन्न गरेको छ ।

रोड शोले विद्यार्थीहरूलाई ‘सिड्स फर द फ्युचर’ कार्यक्रम के हो, यो नेपालमा लगायत विश्व सामु कसरी गरिन्छ भन्ने बारेमा जानकारी गराएको थियो । यस कार्यक्रममा प्राध्यापक, विभाग प्रमुख र विभिन्न संकायका विधार्थीहरु सहभागी थिए ।

नेपालमा आईसीटी इकोसिस्टमलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमको भर्खरै उधघाटन गरेपछी, ह्वावेले विद्यार्थीहरूलाई कार्यक्रमका बारेमा विभिन्नसत्रहरू प्रदान गर्न, यसका उद्देश्यहरूसँग उनीहरूको संलग्नता अभिवृद्धि गर्न यो रोड शोको सुरुवात गरेको हो ।

यही जेठ २२ गते काठमाडौं विश्वविद्यालयबाट सुरु भएको रोड शो जेठ २३ गते नेशनल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी हुदै जेठ २३ गते त्रिभुवन विश्वविद्यालयमा समापन भएको थियो । साथै जेठ २७ को लागि तोकिएको – सिड्स फर फ्युचर’ का लागि आवेदन दिने अन्तिम म्यादसँगै विद्यार्थीहरूलाई यो अवसरको लागि आवेदन दिन प्रोफेसरहरू र सीड्सका पूर्व छात्रहरूले प्रोत्साहित गरेका थिए ।

सो अवसरमा अघिल्लो ’सिड्स फर फ्युचर’ कार्यक्रमहरूका पूर्व विद्यार्थीहरूले विभिन्न कार्यक्रममा उपस्थित भई आवेदन प्रक्रिया, छनोट मापदण्ड, र उनीहरूको अमूल्य यात्रालाई हाइलाइट गर्दै आफ्ना अनुभवहरू साटेका थिए ।

इच्छुक विद्यार्थीहरूले ह्वावेका प्रतिनिधिहरूसँग संलग्न हुने अवसर पाए, जहाँ आशित अधिकारीले ’सिड्स फर फ्युचर–२०२४’ को बारेमा विस्तृत रूपमा जानकारी दिएका थिए, जसले विद्यार्थीहरूलाई सिड्स फर फ्युचर’ कार्यक्रमको बारेमा थप अन्तरदृष्टि र ज्ञान प्राप्त गर्न सहयोग गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।