रोटरी काठमाण्डौं मेट्रो र काठमाण्डौं हेरिटेजद्धारा निशुल्क स्वास्थ शिविर


रोटरी क्लब अफ काठमाण्डौं मेट्रो र रोटरी क्लब अफ काठमाण्डौ हेरिटेजद्धारा निशुल्क स्वास्थ शिविर आयोजना गरेको छ । केन्द्रिय कारागार जगन्नाथदेवल, सुन्धाराका ७२ जना महिला कैदिहरुलाई निशुल्क स्वास्थ जांच गरी औषद्यीहरु बितरण गरिएको थियो ।

दुबै क्लबका सदस्यहरु, रोट्रर्याक सदस्यहरु तथा कारागारका कर्मचारीहरुको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा स्त्री रोग बिशेषज्ञहरुले उपस्थित महिला कैदिहरुलाई बिभिन्न स्त्री रोगहरुको बारेमा जानकारी गराउंदै त्यसका लागि उपचार तथा अपनाउनुपर्ने सावधानीहरुको बारेमा जानकारी दिएका थिए ।

रोटरी काठमाण्डौं मेट्रोले यस्ता बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आईरहेको छ भने रोटरी काठमाण्डौं हेरिटेज समाजिक कार्यमा होमिनको लागि हालसालै खोलिएको नयां रोटरी क्लब हो । यस कार्यक्रमले स्वास्थ जांच भएका महिला कैदिहरुको स्वास्थमा लाभ भई उनिहरुको आर्थिक, सामाजिक र ब्यक्तिगत जिवनमा पनि सकरात्मक प्रभाव पर्ने दुबै क्लबले बिश्वास लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।