कुमारी बैंकले साढे ६३ लाख कित्ता सेयर बिक्री गर्दै


कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ६३ लाख ७४ हजार ६७ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार छुट्टा छुट्टै सूचना जारी गरी उक्त सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

लगानीकर्ताले आजदेखि नै आवेदन दिन सक्ने छन् । लगनीकर्ताले ३ लाख ५४ हजार ५५५ कित्ता सेयरमा आजदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने छन् भने अन्य सेयरमा असार २ गतेभित्र आवेदन दिनु पर्ने छ ।

बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।

शेयर खरिदको लागि न्यूनतम मूल्य प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आबेदन गर्दा न्युनतम १० हजार कित्ताको आबेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागी कुनै हद लाग्ने छैन ।

तर शेयर खरिद गर्न आबेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आबेदन पेश गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।