बेष्ट फाइनान्सले साढे ३ लाख कित्ता सेयर बिक्री गर्ने


बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थमपक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५६ हजार ७४ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लगानीकर्ताकर्ता असार ४ गतेदेखि ११ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौं तथा शाखा कार्यालयहरु मिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ्ग, इटहरी, नारायणगढ चितवन, र न्यूरोड पोखराबाट आवेदन दिन सक्ने छन् ।

यस्तै ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु उपत्यका बाहिरः विरेन्द्रनगर सुर्खेत र धनगढी कैलालीबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

शेयरको न्युनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । जसअनुसार १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिईनेछ ।

बोलपत्रदाताले बोलपत्र पेश गर्दा संस्थापक शेयरको लागि न्यूनतम १,००० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।

तर शेयर खरिद गर्न आवेदन गरेको कूल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकको अधिकत्तम संख्या सिमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।