कुमारी बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा


कुमारी बैंक लिमिटेडले ५ लाख ८१ हजार २५१ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले आजदेखि असार ४ गतेसम्म कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।  शेयरको न्युनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । जसअनुसार १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक लाख कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १,००० को गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन् । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनि तोकेको सीमाको अधिनमा रहने गरी अधिकत्तम ५ लाख ८१ हजार २५१ कित्ताका लागि आवेदन दिन सकिने छ । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।