कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थामा साढे २१ लाख निक्षेप खाता निष्क्रिय, उपभोग्य कर्जा एक खर्ब

0
Shares

कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थामा लामो समय कारोबार नभएका निक्षेप खाताको संख्या साढे २१ लाख भन्दा धेरै रहेका छन् । ग्राहकले बैंकहरुमा खाता खोले पनि कारोबार नगर्ने तथा बहु संस्थामा खाता खोल्ने अभ्यासले निष्क्रिय खाता उच्च दरमा बढेका हुन ।

ग्राहकले कुनै एक संस्थामा मात्र नभई बहु संस्थामा खाता खोल्ने र कारोबार नगर्ने तथा खाता बन्द नगर्ने प्रवृत्तिले पनि निष्क्रिय खाताको संख्या उच्च देखिएको हो। नेपाल राष्ट्र बैंकका अनुसार निष्क्रिय निक्षेप खाताको संख्या २१ लाख ४८ हजार ६ सय ४७ रहेका छन । कोसी प्रदेशका बैंक तथा वित्तीय संस्थामा ७२ लाख ७१ हजार २ सय ३८ निक्षेप खाता रहेका छन् । उक्त प्रदेशका निक्षेप खाताका देशै भरका बैंक तथा वित्तीय संस्थाका निक्षेप खाताको १३.३७ प्रतिशत हो । देशभरका बैंक तथा वित्तीय संस्थामा ५ करोड ४४ लाख ७ सय २० निक्षेप खाता रहेको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कारोबार नभएका बचत खाताको हकमा ३ वर्ष एवम् कल खाता र चल्ती खाताको हकमा १ बर्ष भन्दा बढी समयावधि व्यतित भएपछि त्यस्तो खाता निष्कृय गर्नु पर्छ । ती खाता सक्रिय गर्दा संस्थाको ग्राहक पहिचान सम्बन्धी नीति बमोजिम अद्यावधिक भएको खाताको हकमा सम्बन्धित ग्राहकको निवेदन बाहेक अन्य कागजात लिन आवश्यक हुँदैन । विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी/गराई सो को पुष्टि गर्ने व्यवस्था गरी निष्क्रिय खाता सुचारु गर्न सकिने व्यवस्था छ ।

देशैभर बैंक तथा वित्तीय संस्थाको शाखा ११ हजार ५ सय ९४ वटा रहेका छन । सो मध्ये कोशी प्रदेशमा मात्रै एक हजार ८ सय ६२ बटा शाखा रहेका छन् । त्यसैगरी कोसी प्रदेशमा रहेका बैंक वित्तीय संस्थाको एटिएम संख्या ६ सय ६६ रहेको कन्द्रीय बैंकले जनाएको छ। यो संख्या कुल एटिएसको १३.०८ प्रतिशत हो । देशैभर ५ हजार ९१ वटा एटिएम छन् । देशका ७५२ स्थानिय तहमा वाणिज्य बैंक पुगेको अवस्था छ । कोसी प्रदेश मात्रै वाणिज्य बैंकहरुका कुल एक सय ३७ वटा शाखा रहेका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्ममा वित्तीय प्रणालीको कुल निक्षेप ६१ खर्ब ८७ अर्ब रहेकोमा कोसी प्रदेशको हिस्सा ७.१३ प्रतिशत रहेको छ। कोसी प्रदेशको कुल निक्षेप ४ खर्ब ४१ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५० खर्ब ८४ अर्ब रहेकोमा कोसी प्रदेशको हिस्सा ११.२६ प्रतिशत छ । कोसी प्रदेशका बैंक तथा वित्तीय संस्थाले सो अवधिसम्ममा ५ खर्ब ७२ अर्ब कर्जा प्रबाह गरेका छन ।

त्यसैगरी चालु आवको फगुनसम्ममा कोसी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले जारी गरेको डेविट कार्य १७ लाख ७४ हजार, क्रेडिट कार्ड ३१ हजार ५ सय र प्रिपेड कार्डको संख्या ६ हजार एक सय ४७ रहेको केन्द्रीय बै.कले जनाएको छ । सो अवधिमा सम्ममा कोसी प्रदेशकमा मोवाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३४ लाख ११ हजार र इन्टरनेट बैंकिङ प्रयोगकर्ता एक लाख ८५ हजार रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु अवाको दोस्रो त्रैमाससम्ममा कोसी प्रदेशको कृषि क्षेत्रमा ८८ अर्ब ३५ करोड रुपैयाँ बराबरको कर्जा लगानी भएको छ । सो अवधिमा उर्जामा ५ करोड २४ लाख, साना तथा मझौला उद्योगमा ६० अर्ब ८६ करोड र पर्यटन क्षेत्रमा ७ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी भएको केन्द्रीय बैंकले जनाएको छ । सो अवधिमा कोसी प्रदेशका बैंक तथा वित्तीय संस्थाले एक खर्ब ११ अर्ब रुपैयाँ उपभोग्य कर्जा प्बाह गेका छन भने १८ अर्ब ४९ करोड रियलस्टेट क्षेत्रमा कर्जा लगानी गरेका छन ।

केन्द्रीय बैंकका अनुसार चालु आवको फागुनसम्ममा कोसी प्रदेशमा सहुलियतपुर्ण कर्जा लिनेको संख्या २२ हजार एक सय ७ रहेको छ । सहुलियपुर्ण कर्जामा पनि महिला उद्यमशील कर्जा लिनेको संख्या सबैभन्दा धेरै १२ हजार ८ सय ६३ रहेको केन्द्रीय बैंकले जनाएको छ। सो अवधिसम्म विभिन्न ८ शिर्षकमा कुल ३४ अर्ब २ करोड रुपैयाँ बरावरको सहुलियत कर्जा कोसी प्रदेशमा परिचालन भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।