दुई दिन स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला ६०० रुपैयाँ बढ्यो


बुधबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ बढेको छ। सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

बुधबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३१३ दशमलव २ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ३७ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।