ठुलो गेमको लागि ठुलो टिभी स्क्रिन, सामसङ टिभी खरिद गर्दा विशेष अफर

0
Shares

टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ।

फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८% सम्मको छुट प्रदान गर्दै छ साथै यस अफरमा चयन गरिएका ठुलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना रहेको छ ।

अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५०% सम्म क्यासब्याकको अफर पनि उपलब्ध छ । क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै, सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ।

यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि ०% ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन । यस विशेष सेवाको लाभ लिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ।

ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई arkostore.com मार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ।

विस्तृत जानकारीको लागि र यी विशेष अफरहरूको फाइदा लिनको लागि, आज नै नजिकको आधिकारिक सामसङ डिलरमा जानकारी लिन सकिन्छ। यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र नेपालभर सामसङ टिभीहरूको लागि आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्क मार्फत उपलब्ध गरिएको हो । यो योजना असार ३१, २०८१ सम्म लागु रहने छ।

सामसङ इलेक्ट्रोनिक्स क. लि.को बारेमा

सामसङले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभि, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनःपरिभाषित गर्दैछ । सामसङको सम्बन्धमा नयाँ नयाँ जानकारीहरु तपाईंले http://news.samsung.com/in. को सामसङ समाचार कक्षबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।