हिमालयन बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


हिमालयन बैंक लिमिटेडले ५० लाख ९१ हजार ८१८ कित्ता सेयर संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।बैंकले ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । अन्य व्यक्ति, संस्था वा कम्पनीले यो पटक आवेदन दिन पाउने छैनन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि आज जेठ ३० गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा संस्थापकबाहेक अन्य खरिदकर्ताका लागि बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।