नाडा अटो शो २०२४ को स्टल बुकिङ जेठ ३१ गते देखि खोलिंदै

0
Shares

१६औँ संस्करणको नाडा अटो शो २०२४ भदौ ११ गतेदेखि सुरु हुने भएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बुधबार एक सूचना जारी गर्दै आगामी भदौ ११ देखि काठमाडौंमा उक्त अटो शो सुरु हुने जानकरी दिएको हो ।

‘नाडा अटो शो २०२४’ घोषणा गर्दै आयोजक नाडाले अटोमा भाग लिने कम्पनीहरूका लागि प्रि–स्टल बुकिङ समेत खुल्ला गरिसकेको छ । नाडाले जेठ ३१ गते बिहीबारदेखि असार ५ गते बुधबारसम्म स्टल बुकिङ खुल्ला गरिने सूचनामा उल्लेख गरेको छ ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ ।

नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२४ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाको विश्वास रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।