नेपाल बैंकको कर्जा सुविधा जलजला बहुमुखी क्याम्पसका कर्मचारी र प्राध्यापकलाई

0
Shares

नेपाल बैंक लिमिटेड र रोल्पास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसबीच सम्झौता भएको छ । जेठ २८ गते बैंकको रोल्पा शाखामा एक समारोहबीच क्यापसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्वन्धमासम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुुसिलकुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिमबहादुर खड्का क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

क्याम्पस प्रमुख खिमबहादुर खड्का क्षेत्रीले नेपाल बैंक लिमिटेडले प्रदान गर्दै आईरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरुबाट आफुहरु सन्तुष्ट र उत्साहित रहेको बताए । बैंकको तर्फबाट प्रदेश प्रमुख सुसिलकुमार नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोवारहरु बैंकको डिजिटल बैंकिंङ मार्फत् सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुसि व्यक्त गरे ।

साथै निजले आगामी दिनमा क्याम्पस र बैंकबीचको सम्बन्ध अनन्तकालसम्म रहने विश्वास व्यक्त गर्दै बैंकले क्याम्पस परिवारका साथै ग्राहकवर्गहरुलाई समयसापेक्ष बैंकीङ सेवा सुविधाहरु थप प्रभावकारी बनाउनका निमित्त बैंक निरन्तर लागिपरेको जानकारी समेत गराए ।

उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उप प्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उप.प्रा.र संयोजक श्यामबुढा मगर लगायतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।