बिहीबार सुन-चाँदीको भाउ कति ?


बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला ६०० रुपैयाँ बढेको सुनको भाउ बिहीबार स्थिर रहेको हो । बिहीबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३०९ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १२ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।