अमेरिकाको म्यासाचुस्टेस राज्यका लागि अवैतनिक वाणिज्यदूतमा केसी नियुक्त


सरकारले प्रल्हादबहादुर केसीलाई अमेरिकाको म्यासाचुस्टेस राज्यका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ । केसीलाई मन्त्रीपरिषद्ले अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो ।

कन्सुलर अधिकार क्षेत्रका लागि नेपालका अवैतनिक वाणिज्यदूतका रूपमा नियुक्त गरिएको घोषणा गर्न पाउँदा खुसी लागेको सरकारले दिएको नियुक्ति पत्रमा उल्लेख छ ।

यसले राज्य सरकार र समुदायबाट सहयोग, समझदारी र समर्थन बढाउन सहयोग पुग्ने विश्वास लिइएको पत्रमा जनाइएको छ । केसीको अनुभव र क्षमता नेपाल र अमेरिकावीचको विकसित सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउँदै पारस्पारिक समृद्धि तथा त्यहाँ रहेका नेपाली समुदायको हितमा उपयोग हुनेमा आशावादी रहेको पत्रमा उल्लेख छ । केसी म्यासाचुस्टेसको बोस्टनमा करीब ४ दशकदेखि बस्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।