एनएमबि लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोज मिति


एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले असार २१ गते, शुक्रबार, होटल बाराही पोखरा प्रा।लि।, पोखरा ६ स्ट्रिट नं। १३, कास्कीमा बिहान साढे ११ बजे एघारौँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले केन्द्रिय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारण तर्फको शेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले असार ७ गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र लघुवित्तको साधारण सभामा भाग लिन पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ असार २०८१, शुक्रबार  ०८ : ०३ बजे