हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले आइपीओ निष्काशन गर्ने


हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले असार १६ गते बिहान ११ बजे का.जि. कामनपा. वडा नं. १२, टेकुस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको हो ।

सभाले शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ्ग विधि मार्फत वा अंकित मूल्यमा आइपीओ शेयर जारी गर्ने र सो सम्बन्धी कार्य गर्न गराउनकालागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने , कम्पनीको जारी पूँजीमध्ये व्यक्तिगत सम्पर्कको माध्यमबाट नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँ बराबरको थप संस्थापक शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।