शुक्रबार सुनको भाउ घट्यो, चाँदीमा पनि गिरावट


शुक्रबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार प्रतितोला ४०० रुपैयाँ घटेको हो ।

शुक्रबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३०४ दशमलव ०५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ९४ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।