सुनको भाउ एकैदिन १६ सय रुपैयाँ बढ्यो


सुनको भाउ प्रतितोला १६०० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला ४०० रुपैयाँ घटेको सुनको भाउ आइतबार १६०० रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार २००रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको भाउ १ लाख ४२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३३३ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५८ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।