तीन जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो : बालेन


काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा मेयर बालेनले नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा नरहने बताउँदै उनले १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहने बताएका हुन् ।

यस्तै उनले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन भनेका छन् । बालेनले समाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने भन्दै उनले भने ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन । ‘

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।