अन्धकार बस्तीमा विद्युत् पुर्याउने अभियानमा नेपाल विद्युत् प्राधिकरण


नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् नपुगेको बस्तीमा विद्युत् पु¥याउने अभियान चलाएको छ । दाङमा पनि अझै धेरै ठाउँमा विद्युत् नपुगेका ठाउँ पनि रहेको भन्दै ती ठाउँहरुमा विद्युत् पु¥याउने अभियान चलाएको वितरण केन्द्र प्रमुख शिव गोशालीले बताए ।

अहिले आफूहरु अन्धकार बस्तीलाई उज्यालो बनाउने अभियानमा लागेको जनाउँदै दाङमा पछिल्लो एक वर्षमा छ स्थानमा विद्युत् बाल्न सफल भएको उनले बताए । उनका अनुसार दङ्गीशरणको वडा नं १ फुर्केसल्ली, बबईको वडा नं ७ तल्लो मलै, शान्तिनगर गाउँपालिकाको वडा नं १ को हारीचारलगायतका बस्ती, वडा नं ३ का विकट बस्ती, तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को खुमखानीमा बत्ती बालिसकेको बताए ।

अझै पनि दाङमै केन्द्रीय लाइन नपुगेका स्थानमा विद्युत् पु¥याउने गरी लागिरहेको उनले बताए । वितरण केन्द्र तुलसीपुरको कार्यक्षेत्र तुलसीपुर उपमहानगरपालिकासँगै बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिका रहेको जनाउँदै उनले यहाँका विकट बस्तीमा पनि विद्युत् पु¥याइरहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ असार २०८१, आइतबार  १२ : ३५ बजे