सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द, बक्यौता तिर्न ३० दिनको अल्टिमेटम

0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सातवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ ।

प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि सात कम्पनीको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जनाएको छ ।

सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमतिपत्र नवीकरण वापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणको लागि निवेदन पेश नगरेको जनाएको छ ।

साथै, प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

लाइसेन्स रद्द हुनेहरूमा वशिष्ठ केबल नेट प्रालि (मोरङ), इन्फो नेट टेक्नोलोजी प्रालि (मोरङ), सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालि (जुम्ला, एशिया नेट कम्युनिकेसन प्रालि (झापा) रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।