हिमालयन बैंकका दुई शाखा स्थानान्तरण गरी संचालनमा

0
Shares

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट आषाढ २ गते देखि सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आषाढ २ गते देखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनलस र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०८१, आइतबार  १५ : १५ बजे