अमेरिकी डलरको भाउ स्थिर, सोमबार कुन विदेशी मुद्राको भाउ कति ?


सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिकी डलर आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २३ पैसा र बिक्री दर १६९ रुपैयाँ ९९ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा र बिक्री दर ८८ रुपैयाँ ६५ पैसा रहेको छ ।

सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २७ पैसा र बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।