बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर बिक्रीमा


बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूह (हकप्रद) शेयर मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ५६ हजार ७४७४.५७ कित्ता संस्थापक समूहको सेयर गोप्य शिलबन्दी बोलपत्र ( लिलाम बढाबढ ) प्रक्रियाद्वारा बिक्री खुलाएको हो ।

कम्पनीले हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको उक्त कित्ता सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले असार ४ गतेदेखि ११ गतेसम्म आवेदन दिन सक्ने छन् । सेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ ।

बोलपत्र आवेदन फाराम बेष्ट फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी काठमाण्य शाखा कार्यालयहरुः मिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ्ग, वीरगञ्ज पर्सा र न्यूरोड पोखरा, नारायणगढ चितवनबाट खरिद गर्न सकिने छ ।

यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु उपत्यका बाहिरः विरेन्द्रनगर सुर्खेत र धनगढी कैलालीबाट पनि आवेदन दिन सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।