तारा एयरको ९ महिनाको आम्दानी ६७ करोड

0
Shares

तारा एयरले सन् २०२४ को नौ महिनामा ६७ करोड २० लाख आम्दानी गरेको छ। कम्पनीले सन् २०२३ मा १ अर्ब करोड १ करोड ९० लाख कुल आम्दानी गरेको थियो भने सन २०२२ मा ९५ करोड आम्दानी गरेको हो ।

कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा ७.२६ प्रतिशतले बढी हो । सन् २०२२ मा एयरले ९५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । यसैगरी कम्पनीले सन् २०२१ मा ४७ करोड १० लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।

पछिल्ला केही बर्ष यता कम्पनीको आम्दानीमा भने निरन्तर सुधार देखिएको छ । नेपालको दुर्गम हिमाली क्षेत्रमा उडान भर्दै आएको तारा एयरलाइन्सले लुक्ला, सिमीकोट, रारा क्षेत्रमा गरेको उडानबाट धेरै आम्दानी गर्ने गरेको छ ।

तारा एयरले ७८ करोड ७८ लाख रुपैयाँ कर्जाको लागि रेटिङ पुनः पुष्टि गरेको छ । जसमध्ये दिर्घकालिन कर्जा ३९ करोड ४ लाखको लागि इक्रा नेपालले ‘इक्राएनपी एलबी’ र अल्पकालिन २४ करोड ८४ लाख कर्जाका लागि ‘इक्राएनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको छ । एजेन्सीले कम्पनीलाई ‘इक्राएनपी एलबी माइनस’ रेटिङ पुनः पुष्टि गराएको छ ।

यस अवधिमा कम्पनीको नेटवर्थ भने ५० करोड ६० लाख रुपैयाँले नकारात्मक रहेको छ । कम्पनीको नकारात्मक नेटवर्थ क्रमिक रुपमा वृद्धि भएको देखिन्छ । सन् २०२३ मा कम्पनीको नेटवर्थ १७ करोड १० लाख रुपैयाँले नकारात्मक थियो ।

सन् २००८ मा छोटो उडान र अवतरण (स्टल) गर्ने उद्देश्यका साथ तारा एयर यति एयरलाइन्सको भगिनी संस्थाका रुपमा सञ्चालनमा आएको थियो । तारा एयरको अध्यक्ष लाक्पा सोनाम शेर्पा रहेका छन् भने प्रबन्ध निर्देशक चन्दा शेर्पा रहेकी छिन्।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।