न्यादी ग्रुप पावरलाई डबल बी प्लस रेटिङ्ग

0
Shares

न्यादी ग्रुप पावरले ‘डबल बी प्लस रेटिङ्ग’ इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ । क्रेटिड रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीको उक्त मूल्याङ्कलनलाई पुनः पुष्टि गरेको हो ।

केयर रेटिङ्गस्का अनुसार कम्पनीले आर्थिक वर्ष २०७९–८० मा कम्पनीले लेखापरीक्षणपछि १ करोड २४ लाख रुपैयाँ परिष्कृत सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवमा २०७८–७९ मा कम्पनीले १ करोड २८ लाख सञ्चालन आम्दानी गरेकोमा ३.१३ प्रतिशत घटेको हो ।कम्पनीले आव २०७७–७८ मा ८८ करोड रुपैयाँ मात्र सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ९ महीना अवधिमा कम्पनीले मा बिजुली बिक्रीबाट १० करोड रुपैयाँ आम्दानी गरेको केयर रेटिङ्गसले उल्लेख गरेको छ ।

अघिल्लो आवमा कम्पनीको ऋण नगद अनुपात ७.३४ रहेकोमा हाल १ गुणा रहेको छ । ब्याज र करभन्दा अघि कम्पनीको नाफा मार्जिन ७६.१२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो प्रतिशत ७६.४३ रहेको थियो ।

सन् २००६ मा प्राइभेट कम्पनीको रुपमा स्थापित कम्पनी २०१४ जुनमा पब्लिकमा परिणत भएको थियो । जलविद्युत र अन्य क्षेत्रमा लामो अनुभव भएका प्रमोटरहरूद्धारा ‘बुट’ (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण) मोडल अन्तगत लमजुङ जिल्लामा ४.९५ मेगावाट क्षमताको सिउरी खोला साना जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।

जलविद्युत क्षेत्रमा २५ वर्षको अनुभव रहेको भोगेन्द्र कुमार गुरागाईंको अध्यक्षतामा आयोजनाको निर्माण सम्पन्न भएको हो । यस्तै निर्देशक रबिन सुवेदीसँग १० वर्षभन्दा बढीको अनुभव छ । उनी सिउरी न्यादी पावर लिमिटेडका निर्देशक र सनराइज बैंक लिमिटेडका प्रवद्र्धक पनि हुन् । यस्तै अर्की निर्देशक रञ्जु अधिकारीसँग जलविद्युत् क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव छ । निर्देशक, रिल्ली गुरुङसँग होटल र घर जग्गा व्यवसाय मा १८ वर्ष को अनुभव छ भने कम्पनीका अन्य सञ्चालकहरुको पनि विभिन्न क्षेत्रहरूमा १० वर्षको वा सोभन्दा बढी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।