एनआईसी एसिया बैंकले तीन लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


एनआईसी एसिया बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा मंगलबारदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली, एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरुः विराटनगर–३, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतमा पुग्ने गरी ३५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ। धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन । शेयर खरिदको लागि न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको हुँदा उक्त मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल बीमा प्राधिकरणले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ ।

दशमलवमा (खण्डित रुपमा) आउने गरी शेयर संख्यामा आवेदन गर्न पाइने छैन । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।