सांग्रिला डेभलपमेन्ट बैंकद्वारा त्रियुगाको चुहाडेका विद्यार्थीलाई व्याग वितरण


सांग्रिला डेभलपमेन्ट बैंकले त्रियुगा न.पा. ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई मिति व्याग वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसँगै सोही विद्यालयका ४ र ५ कक्षाका विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग ४, ५, ९ र १० कक्षका विद्यार्थीहरुलाई १०० थान कापी तथा कलम वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्याग वितरण र वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्र्रमले विद्यार्थीहरुलाई सहजता ल्याउने बैंकको विश्वास छ ।

बैंकले ११२ शाखा कार्यालयहरु, ३० एटिएम,बाट सेवा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।