पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा


गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको छ। आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका-१ कुडुले र गोलन्जोर-६ अक्करेभिरस्थित सडक अवरुद्ध भएको थियो।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए। उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसीभीले पहिरो पन्छाउने कार्य भइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।