श्री एयरलाइन्सले आज काठमाण्डौं -भरतपुर परीक्षण उडान गर्दै


श्री एयरलाइन्सले आज काठमाण्डौं-भरतपुर परीक्षण उडान गर्ने भएको छ । श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आउन लागेको हो । परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर जाने कार्यक्रम रहेको छ । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउँदैछ ।

श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।

अहिले ८० सिटको जहाजको उडान परीक्षण हुने र कति यात्रु बोक्छ भन्ने कुरा हेर्न खोजिएको बताइएको छ । भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्ने बताइएको छ । श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईखभाडा घट्ने विश्वास लिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।