दुई दिन स्थिर रहेको सुनको भाउ बिहीबार प्रतितोला ६०० रुपैयाँ बढ्यो


दुई दिनदेखि स्थिर रहेको छापावाला सुनको भाउ बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार र बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८४० रुपैयाँ रहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३३९ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर २७ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।