सेल पे वालेट मार्फत क्लासिक टेकको भुक्तानी गर्दा बुलेट बाइक जित्न सकिने


देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेट मार्फद गर्दा बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक भएको छ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टिभीको सेल पे वाल्लेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत रोयल इन्फिट क्यासिक ३५० एफ÷सीसीको बुलेट बाइक जित्न सक्नेछन् ।

त्यति मात्र नभई हरेक महिना क्याकबुक, आइप्याड÷एप्पलवाच जित्ने अवसर पनि रहेको छ । उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएस सहित २००ं एचडि र एसडी च्यानल रहेको इन्टरनेट टि. भी जसको मात्र ७९९ रुपैयाँ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० एमबीपीएस इन्टरनेट ३ महिनाको मात्र ३ हजार ३०० जसमा ध्ष्ँष् ट राउटर सहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।

उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ। आफ्ना ग्राहक वर्गहरुलाई मध्यनजर गर्दै २४ घण्टार ७ दिन नै सेवा दिदै आएको छ ।  डिजिटल प्रविधिको उपयोग संगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहक वर्गहरुलाई इन्टरनेट टिभीको भुक्तानी सेल पे मार्फद नै गर्न कम्पनीको आग्रह छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।