अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायम


शुक्रबार अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसामा कारोबार भएको अमेरिकी डलर शुक्रबार खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४७ पैसा र बिक्री दर १७० रुपैयाँ २४ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १२ पैसा र बिक्री दर ८९ रुपैयाँ ५२ पैसा रहेको छ ।

शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३५ पैसा र बिक्री दर २८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।