मालढुंगाा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द गरिने


उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ ।

१३ किलोमिटर लामो मालढुंगा–बेनी सडकको मालढुंगा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहनेछ ।

सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका बाहेक अरू सवारीसाधनले असार ८ (शनिबार) देखि २० गतेसम्म वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने जनाइएको छ ।

उक्त सडक स्तरोन्नतिका निम्ति ०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले ५२ करोड ८६ लाख रुपैयाँमा सडक विभागसँग सम्झौता गरेको थियो ।
करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाइनेछ । एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।