सिटिजन्स बैंकको संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने


सिटिजन्स बैंकले एक लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

बोलपत्र आवेदन फाराम सिटिजन्स बैंक लिमिटेडको केन्द्रिय कार्यालय नारायणहिटी पथबाट प्राप्त गर्न सकिनेछ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असार ७ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्ने छ ।

संस्थापक सेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।