पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो प्राध्यापकदेखि लेखा सहायकसम्मका कर्मचारी


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवा तर्फका विभिन्न रिक्त पदहरुको लागि दरखास्त आह्वान गरेको छ ।

पाटनले खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले प्राध्यापकदेखि जुनियर लेखा सहायकसम्मका कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेद्वारले असार २७ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर भुक्तानी गरेर भने साउन ३ गतेसम्म आवेदन दिन सकिने छ ।
अनलाईन आवेदनको लागि प्रतिष्ठानको वेवसाइट https:\\www.pahssc.pahs.edu.np मा गई दरखास्त पेश गर्न सकिनेछ ।

लिखित परीक्षा दस्तुर भुक्तानीको लागि लिंक मार्फत् कनेक्ट आइपीएसबाट प्रतिष्ठानको खातामा बुझाउनुपर्नेछ । लिखित परीक्षा लोक सेवा आयोगबाट संचालन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।