जेठमा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै विद्युतीय गाडी आयात

0
Shares

चालु आर्थिक वर्षको जेठ महिनामा सबैभन्दा धेरै विद्युतीय गाडी आयात भएका छन ।

सरकारले विद्युतीय कारमा कर बढाउने हल्ला चलेका कारण बैशाखदेखि नै विद्युतीय सवारी साधानको आयत बढेको थियो भने जेठमा बजेट सार्वजनिक हुनु अगावै झनै धेरै संख्यामा विद्युतीय सवारी आयात भएका हुन ।

भन्सार विभागका अनुसार जेठ महिनामा मात्रै २ हजार ९ सय ६९ वटा विद्युतीय कार आयात भएका छन । अटो व्यवसायीले बजेटअघि जेठ १ देखि १४ गतेसम्म झण्डै ३ हजार विद्युतीय गाडी आयात गरेका हुन । वैशाखमा १ हजार ४०४ युनिट विद्युतीय सवारी आयात भएका थिए ।

व्यवसायीले बजेटले विद्युतीय गाडीमा कर बढाउने पूर्वसूचनाको आधारमा गाडि आयात बढाएका हुन। सरकारले जेठ १५ गते बजेट ल्याइसकेको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेटमा ५० किलोवाटदेखि ३०० किलोवाट माथिसम्मका गाडीमा फरक फरक कर बढाएका छन्। पुनले ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लगाएका थिए। बजेटअघि उक्त क्षमताको गाडीको भन्सार १० प्रतिशत थियो भने अन्तशुल्क थिएन। यस्तै पुनले अन्य सवारीसाधनमा पनि फरक फरक कर बढाएका थिए।

अटो व्यवसायीले एघार महिनामा २९ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी भित्रयाउँदा सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जेठ एक महिनामा करिब ९ अर्बको गाडी आयात भएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।