बैशाखसम्म आठ फाइनान्सको नोक्सानी ६९ करोड धेरै, सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री

0
Shares

सेयर बजारमा सेयर मूल्य दैनिक बढेर लगानीकर्ताले राम्रो मुनाफा आर्जन गर्दै आएका धेरै फाइनान्स कम्पनीको वित्तीय अवस्था कमजाेर देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दश महिनासम्ममा ८ ओटा फाइनान्स कम्पनीले घाटा ब्यहोरेका छन् । बढ्दो खराब कर्जा अनुपात (एनपीएल) ह्वात्तै बढेका कारण अधिकांश फाइनान्स कम्पनीहरु नोक्सानमा पुगेका हुन् ।  सञ्चालनमा रहेका कुल १७ मध्ये १५ ओटा फाइनान्स नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । १७ फाइनान्समध्ये वैशाखमसान्तसम्म ८ ओटा कम्पनीले घाटा ब्यहोरेका हुन् भने ९ ओटा मात्र नाफामा छन् ।

घाटामा रहेका आठ फाइनान्सको नोक्सानी ६९ करोड २६ लाख २० हजार रुपैयाँ छ भने ८ ओटा कम्पनीले ४१ करोड ५० लाख ६० हजार रुपैयाँ मुनाफा आर्जन गरेका छन् । समग्रमा फाइनान्स कम्पनीहरूकाे नोक्सानी २७ करोड ७५ लाख ६० हजार रुपैयाँ छ ।

पोखरा फाइनान्सको नोक्सानी सर्वाधिक

बैशाख मसान्तसम्ममा पोखरा फाइनान्स कम्पनीले सबैभन्दा धेरै घाटा व्यहोरेको छ । बैशाखसम्म आइपुग्दा कम्पनी १७ करोड ३३ लाख ५० हजार रुपैयाँ नोक्सानीमा छ ।

यस्तै समृद्धि फाइनान्स कम्पनीले पनि बैशाख मसान्तसम्मा १३ करोड ३६ लाख २० हजार रुपैयाँ बढी घाटा ब्यहोरेको छ । यस अवधिमा जानकी फाइनान्स ९ करोड ६९ लाख ६० हजार रुपैयाँ र गुडविल फाइनान्स ७ करोड ४८ लाख ६० हजार रुपैयाँ नोक्सानीमा छ । फाइनान्स कम्पनीहरुको खराब कर्जा नियन्त्रण नहुँदा घाटा ब्यहोर्न पुगेका हुन् ।

त्यसैगरी यस अवधिमा प्रोग्रेशिभ फाइनान्स ६ करोड १४ लाख २० हजार रुपैयाँ घाटामा रहँदा सेन्ट्रल फाइनान्स कम्पनीले ५ करोड २३ लाख ६० हजार रुपैयाँ, रिलायन्स फाइनान्सले ५ करोड २ लाख ९० हजार रुपैयाँ र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स पनि ४ करोड ९७ लाख ६० हजार रुपैयाँ नोक्सानीमा छ ।

Finance Company Amt in Mn of Rs
Pokhara Finance Ltd.              (173.35)
Samriddhi Finance Ltd.              (133.62)
Janaki Finance Ltd.                (96.96)
Goodwill Finance Co. Ltd.                (74.86)
Progressive Finance Limited                (61.42)
Central Finance Co. Ltd.                (52.36)
Reliance Finance Ltd.                (50.29)
Guheshowori Merchant Bank & Finance                (49.76)
Nepal Finance Ltd.                    1.23
Best Finance Company Ltd.                    3.92
Capital Merchant Bank & Finance                  15.31
Multipurpose Finance Company Limited                  19.35
Nepal Share Markets Ltd.                  20.87
Shree Investment Finance Co. Ltd.                  35.77
ICFC Finance Limited                  48.98
Gurkhas Finance Ltd.                  65.37
Manjushree Finance Ltd.                204.25

मञ्जुश्री फाइनान्सले कमायो सर्वाधिक

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्ग अनुसार नाफा कमाएका कम्पनीमा मञ्जुश्री फाइनान्सले सर्वाधिक मुनाफा आर्जन गरेको छ । मञ्जुश्रीले बैशाख मसान्तसम्ममा २० करोड ४२ लाख ५०हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, गोर्खाज फाइनान्सले वैशाखसम्ममा ६ करोड ५३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । नाफाको आधारमा तेस्रो स्थानमा रहेको आइसिएफसि फाइनान्सले समीक्षा अवधिमा ४ करोड ८९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी बैशाख मसान्तसम्म श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ३ करोड ५७ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । नेपाल सेयर मार्केट एण्ड फाइनान्सले २ करोड ८ लाख ७० हजार रुपैयाँ, मल्टीपर्पस फाइनान्सले १ करोड ९३ लाख ५० हजार रुपैयाँ, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले १ करोड ५३ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ ।

तथ्याङ्क अनुसार बेष्ट फाइनान्स ३९ लाख २० हजार रुपैयाँ र नेपाल फाइनान्सले १२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।