अमेरिकी बजारको आर्थिक सुचकमा देखिएको स्थिरताका कारण सुनको मुल्य बढ्यो


यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । अमेरिकी बजारको आर्थिक सुचकमा देखिएको सुस्तता मुख्य कारण रहेको बिश्लेषकहरुले बताएका छन्।

साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सामान्य घटेर साताको तेस्रो र चौथो दिनमा स्थिर रहेको मुल्य पाँचौं दिन र छैटौ दिन उकालो लागेको हो । भारतीय रुपैयाँ कमजोर भई अमेरिकी डलर मजवुत बन्दाको प्रभावले पनि मुल्य बृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको तर्क छ ।

नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढ्न थालेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको मुल्य सोमबार ६०० रुपैयाँले घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको थियो । तेस्रो दिन मंगलबार र चोथो दिन बुधबार स्थिर रहेको मूल्य साताको पाँचौं दिन बिहिबार सामान्य बढेर प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ पुग्यो ।

यस्तै साताको छैटौं दिन अर्थात साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फेरी १ हजार ९०० रुपैयाँ बढेर प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यो मुल्य पहिलो दिनको तुलनामा अन्तिम कारोबार भएको दिन शुक्रबार १ हजार ९०० रुपैयाँ बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८२० रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।