सांग्रिला डेभलपमेन्ट बैंक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले केही ब्रान्च मेनेजर र जुनियर अफिसर पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २९ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार इच्छुक आवेदकले न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । मास्टर डिग्री हासिल गर्नेलाई बढी प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
त्यस्तै, उम्मेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ । साथै, बैंकिङ क्षेत्रमा पाँच वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया