जीवन बीमाशुल्क आर्जन ७.२९% बढ्यो, नेपाल लाइफको हिस्सा एक तिहाई धेरै

0
Shares

जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७.२९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यो रकम गत आवको सोही अवधिको तुलनामा ७.२९ प्रतिशत अर्थात ९ अर्ब ८ करोड २० लाख ३३ हजार रुपैयाँ धेरै हो । गत आवको ११ महीना अवधिमा तत्कालीन अवस्थामा सञ्चालनमा रहेका १५ जीवन बीमा कम्पनीले १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख १८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

चालु आर्थिक वर्षको ११ महीनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ करोड ४० लाख १२ हजार ३२० ओटा बीमालेख जारी गरेका छन् । गत आवको सोही अवधिमा १ करोड ४० लाख ६९ हजार ९३७ ओटा बीमालेख बिक्री भएको थियो । बीमालेख बिक्री संख्या भने ५७ हजार ६१७ ओटाले घटेको हो ।

नेपाल लाइफको हिस्सा एक तिहाई बढी

जेठ मसान्तभित्र कुल १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क संकलन भएकोमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै २६.६१% हिस्सा छ । जेठ मसान्तसम्ममा नेपाल लाइपmले सबैभन्दा धेरै ३५ अर्ब ५६ करोड ३६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको तुलनामा ९.८८ प्रतिशत धेरै हो । गत आर्थिक वर्षमा कम्पनीले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन १३.५७ प्रतिशतले वृद्धि भएको छ । जेठ मसान्तसम्ममा १५ अर्ब ९८ करोड ३ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) को कुल बीमाशुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा २.६५ प्रतिशतले बढेको छ । जेठ मसान्तसम्ममा कम्पनीले १५ अर्ब ८९ करोड ५८ लाख ९३ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सको ११.५१ प्रतिशतले बढेर १४ अर्ब ६४ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले १३ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । चालु आर्थिक वर्षको ११ महीनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८ अर्ब ६८ लाख रुपैयाँ संकलन गरेको छ । जुन ६.८४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

प्राधिकरणको तथ्याङ्क अनुसार एशियन लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क १४.९७ प्रतिशतले बढेर ७ अर्ब २ करोड ६२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ९५ करोड ६४ लाख ५३ हजार रुपैयाँ संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४.२८ प्रतिशत कम हो । गत आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ८६ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जेठ मसान्तसम्म ९.५४ प्रतिशतले कुल बीमाशुल्क संकलन बढाएर ५ अर्ब ३२ करोड ७७ लाख ४६ हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सले ५ अर्ब २९ करोड १२ लाख ८१ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेकोमा ९.३४ प्रतिशतले बढेको हो ।

त्यस्तै, प्राधिकरणका अनुसार मेट लाइफ इन्स्योरेन्सले ५ अर्ब ८ कराड ४१ लाख ८१ हजार रुपैयाँ संकलन गरेको छ भने आईएमई लाइफ इन्स्योरेन्सले ४ अर्ब ४ करोड ७८ लाख ३५ हजार रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । समीक्षा अवधिमा मेट लाइफको कुल बीमाशुल्क संकलन ६.५२ प्रतिशतले बढ्दा आईएमई लाइफको १३.६५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा मेट लाइफले ४अर्ब ७७ करोड २९ लाख र र्आएमई लाइफले ३ अर्ब ५६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

जेठ मसान्तसम्म प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क १२.३१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड ८९ लाख ६६ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफको ३ अर्ब ६९ करोड ४१ लाख ९ हजार रुपैयाँ र सबैभन्दा कम बीमशुल्क संकलन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ३९ करोड २१ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क उठाएको छ । गत आवको तुलनामा प्रभु महालक्ष्मी लाइफको कुल बीमा शुल्क संकलन १३.७३ प्रतिशत, रिलायबल नेपाल लाइफको १२.१३ प्रतिशतले बढ्दा सन नेपाल लाइफ इन्स्योरेन्सको ०.९० प्रतिशतले घटेको हो ।

गत आको एघार महीना अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब ७१ करोड ८९ लाख ६६ हजार, रिलायबल नेपाल लाइफको ३ अर्ब ६९ करोड ४१ लाख ९ हजार रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ३९ करोड २१ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको एघार महीना अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स को मात्र बीमा शुल्क आर्जन घटेको छ । बाँकी १२ ओटै जीवन बीमा कम्पनीले बीमशुल्क बढाएका हुन् । प्रभु महालक्ष्मी, आईएमई र नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमशुल्क संकलन १३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।